Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदुईवटा संस्थाद्वारा सेयर मूल्य समायोजन

दुईवटा संस्थाद्वारा सेयर मूल्य समायोजन


काठमाडौं ।
साताको पहिलो कारोबार दिन आइतबार दुईवटा संस्थाहरूले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य ११ सय ४५ रुपैयाँ कायम गरेको छ । पछिल्लो पटक उक्त संस्थाको प्रतिकित्ता १२ सय ५९ रुपैयाँमा सेयर कारोबार भएको थियो ।

यसैगरी सिर्जना फाइनान्स लिमिटेडले पनि १३ दशमलव ५९ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ८५ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त फाइनान्सको प्रतिकित्ता दुई सय १० रुपैयाँमा सेयर कारोबार भएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया