Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनएमबी बैंकको सहकार्यमा उद्यमशीलता तालिम

एनएमबी बैंकको सहकार्यमा उद्यमशीलता तालिम


काठमाडौं ।
एनएमबी बैंकको सहकार्यमा उद्यमशीलता तालिम प्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद् र पनौती नगरपालिका, काभ्रेको संयुक्त आयोजना, एनएमबी बैंकको सहकार्य र रिटर्नी माइग्रेन्ट नेपालको संयोजनमा यही फागुन २१ गतेदेखि २७ गतेसम्म सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता–तालिम कार्यक्रमको गरिएको हो ।

उक्त तालिमको समापन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, पनौती नगरपालिका मेयर भिम न्यौपानेले युवाहरूको सहुलियतपूर्ण कर्जाको लागि सरकार जमानी बस्न तयार रहेको बताए । सात दिवसीय तालिमको सहजीकरण प्रशिक्षक श्यामकाजी खत्री र प्रकाशकुमार श्रेष्ठले गरेका थिए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया