Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७’ डा. लम्साललाई

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७’ डा. लम्साललाई


काठमाडौं ।
महालक्ष्मी विकास बैंकले डा. नवराज लम्साललाई सम्मान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिकरूपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा यही फागुन २९ गते डा. लम्साललाई सम्मानित गरेको हो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार रकमबराबरको चेकका साथै सम्मानपत्र डा. लम्साललाई हस्तान्तरण गरेका हुुन ।

साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पु-याएको योगदानको कदरस्वरूप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको जनाएको छ । बैंकले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया