Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र मेरिना इम्पेक्सबीच सम्झौता

कुमारी बैंक र मेरिना इम्पेक्सबीच सम्झौता


काठमाडौं ।
कुमारी बैंक लिमिटेड र मेरिना इम्पेक्सबीच सम्झौता भएको छ । मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाइसम्बन्धी सेवाहरूमा कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापश्चात् मेरिना इम्पेक्सले काठमाडौँको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाललगायत विभिन्न शाखाहरूबाट सर्टिङ, सुटिङलगायत सम्पूर्ण सिलाइसम्बन्धी सेवाहरूमा बैंकको डेबिट, क्रेडिट कार्डबाट भुक्तानी गरेमा कार्डवाहकहरूले २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्नसक्नेछन् ।

सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा मेरिना इम्पेक्सका तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका हुन् । बैंकले हाल देशव्यापीरूपमा एक सय ९२ शाखा सञ्जाल, एक सय ६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया