Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सुविधा

गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सुविधा


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुबाहक बसहरूमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ । मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच विशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी व्यवस्थाको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा मेगा बैंकका प्रमुख सञ्चालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घरलगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी, मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्यूआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए ।

यसैगरी गागलफेदी यातायात प्राइभेट लिमिटेडका अध्यक्ष मधुसुदन केसी (खड्का)ले क्यूआर कोड सुविधाको व्यवस्था गरेकोमा मेगा बैंकलाई विशेष धन्यवाद दिँदै यो भुक्तानी व्यवस्थाको प्रयोगले यातायात सञ्चालक तथा यात्रुहरू दुवैलाई सहज हुने बताए । कार्यक्रममा गागलफेदी यातायात प्रालिका सञ्चालकहरू बद्रिबहादुर खड्का, नारायण खड्का, कुमारध्वज खड्का, आनन्द खड्का तथा अन्य सेयरधनीहरूको उपस्थिति थियो ।

गागलफेदी यातायातले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ । नगदरहित भुक्तानी व्यवस्थालाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीतिअनुरूप मेगा बैंकले देशभरका विभिन्न सेवामूलक क्षेत्रमा क्यूआर कोड सुविधाबाट भुक्तानी गर्ने व्यवस्थालाई प्राथमिकता दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया