सनराइज ब्लुचिप फन्डको दुई दिनमै आधाभन्दा बढी इकाइ बिक्री

काठमाडौं ।
सनराइज ब्लुचिप फन्डको दुई दिनमै आधाभन्दा बढी इकाइ बिक्री भएको छ । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको फन्डको दोस्रो दिनसम्म इकाइ खरिदको लागि कुल इकाइको ५० दशमलव छ प्रतिशत इकाइ बिक्री भएको हो ।
क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरूबाट कुल इकाइको ५० दशमलव छ प्रतिशत इकाइ बिक्री भइसकेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । क्यापिटलले चैत्र १ गतेदेखि प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्रीमा ल्याएको हो । फन्डले १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाइ सर्वसाधारणहरूलाई बिक्री गर्न लागेको हो । उक्त फन्डमा न्यूनतम एक सयदेखि एक करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
इकाइ खरिदका लागि आवेदन दिन छिटोमा यही चैत चार गते अर्थात् अब दुई दिन बाँकी रहेको क्यापिटलले जनाएको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२ दशमलव ३८ प्रतिश तप्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने क्यापिटलले जनाएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया