Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूको विशेष साधारणसभा

बैंक अफ काठमाण्डूको विशेष साधारणसभा


काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकले मंगलबार एक समारोहका बीच सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्वमा विशेष सभा सम्पन्न गरेको हो । सभामार्फत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरू गोबिन्दप्रसाद शर्मा, मदनलाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् । बैंकले हाल सबै क्षेत्रमा गरी ९० वटा शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया