Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईक्यासले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति

आईक्यासले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आईक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२’ बमोजिम ‘आईक्यास प्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । २०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै अवको केही दिनमै आफ्नो सेवा सेवाग्राहीहरूमाझ ल्याउने भएको छ ।

२५ वर्षीय युवा चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापना भएको यो कम्पनीले नेपालमा नगदरहित कारोबारमा जोड दिनेगरी डिजिटल भुक्तानी सेवालाई थप परिस्कृत बनाउने र नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्ष समेत लिएको छ । डिजिटल भुक्तानीका अलावा कम्पनीले आईक्यासलाई डिजिटल बैंकिङकै परिस्कृत स्वरूपका रूपमा अगाडि बढाउने लक्ष लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदम भट्टराईको भनाइ छ ।

राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको आधिकारिक लाइसेन्स प्राप्त गरेपछि डिजिटल भुक्तानी प्रणालीलाई थप उचाइमा पु¥याउने गरी काम भइरहेको भट्टराइको दाबी छ । कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र विष्टका अनुसार आईक्यास प्रालिले सञ्चालन गर्ने आईक्यास मोबाइल एप र आइक्यासको वेब प्लेटफर्ममार्फत मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इकमर्समार्फत किनिएको सामानको भुक्तानीलगायतका अन्य थुप्रै सेवाहरू लिन सकिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया