Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनसीसी बैंकको नयाँ शाखा चितवनको हाकिम चोकमा

एनसीसी बैंकको नयाँ शाखा चितवनको हाकिम चोकमा


काठमाडौं ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक)ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो । सोमबार एक औपचारिक कार्यक्रमका बीच एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटा अतिथिका रूपमा उपस्थित रहेका थिए । सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरूलाई वित्तीय कारोबारमा सहजताका लागि क्यूआर कोड हस्तान्तरण गरेको छ ।

क्यूआर कोड हस्तान्तरण गर्दै एनसीसी बैकका सञ्चालक समिति अध्यक्ष न्यौपानेले स्थानीय निकायका पदाधिकारीहरूको समन्वयमा किसानकेन्द्रित कार्यक्रम ल्याई बैंकले सेवा गर्ने जानकारी दिए । साथै उनले बैंकिङ व्यवसाय व्यापारमुखी मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय सञ्चालन गर्नुपर्ने र एनसीसी बैंकका कर्मचारीहरूको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टि रहेको उल्लेख गरे । बंैकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरूलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैंकबीचको सम्बन्धलाई दिगो बनाउन सकिने बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि झण्डै २० हजार निजी व्यवसायीहरू रहेको र उनीहरू सबैसँग सहकार्य गर्न सकिने धारणा राखे । साथै उनले एनसीसी बैंकका कर्मचारीहरूसँग कार्य सहजता तथा उच्चस्तरको सेवा प्रदान गर्दै आएको अनुभव समेत साटे ।

यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले देशको अर्थतन्त्रमा उद्योग र उत्पादनसँग बैंक तथा वित्तीय सेवाबीचको सम्बन्ध तथा उद्यमशीलता प्रवद्र्धनका लागि एनसीसी बैंकको योगदान रहेको चर्चा गरे । यसैगरी वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाले आफू विगत १६–१७ वर्षदेखि बैंकको ग्राहक रहेको र अहिले आफ्नै घरआँगनमा बैंकको शाखा खुलेकोमा खुशी व्यक्त गरे भने बैंकले कृषि क्षेत्र तथा रोजगारी प्रवद्र्धन हुने क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव समेत दिए ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैैंकका सीईओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भूमिका रहने भएकाले एनसीसी बैंकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिमचोकमा शाखाको सुरुवात गरिएको उल्लेख गरे ।

शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पु-याउने अपेक्षासहित सम्पूर्ण व्यवसायीहरूलाई बैंकमार्फत सेवा लिन अर्यालले अनुरोध गरे । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका सातवटै प्रदेशमा गरी कुल एक सय २८ शाखा सञ्चालनमा रहेका छन् भने आठवटा एक्स्टेन्सन काउन्टर सञ्चालित छन् । यस्तै देशभर जम्मा एक सय सातवटा एटीएम सञ्चालन गरी बैंकले आफ्ना ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

शाखा विस्तारसँगै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न कटिबद्ध रहेको बैंकले विभिन्न खालका आकर्षक र प्रभावशाली वित्तीय योजनाहरू समेत निरन्तर लागू गर्दै आएको छ । आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवाको छवि स्थापित गरिसकेको एनसीसी बैंक नेपाल र नेपालीको आर्थिक समृद्धिका लागि वर्षौंदेखि तल्लीन रहँदै आएको छ । आगामी दिनमा अझै कटिबद्ध भएर वित्तीय सेवामा लाग्ने प्रण बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया