Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिफ्रालाई सोधियो स्पष्टीकरण

निफ्रालाई सोधियो स्पष्टीकरण


काठमाडौं  ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई स्पष्टीकरण सोधेको छ । नेप्सेले बैंकको नाउँमा लेखेको स्पष्टीकरणसम्बन्धी पत्रमा भनिएको छ, उपयुुक्त सम्बन्धमा यस लिमिटेडमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सम्बन्धमा कुनै एक अनलाइन पत्रिकामा प्रकाशित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ३० मिलियन डलरको बण्ड ल्याउने, लण्डन स्टक एक्सचेन्जमा सूचीकृत हुुने शीर्षकसम्बन्धी समाचार सम्वन्धमा सत्य तथ्य के कसो भएको हो ?

चालू आर्थिक वर्षभित्रमा नै आठ दशमलव पाँच प्रतिशतको ब्याज तोकी त्यस कम्पनीले बण्ड जारी गर्ने र सो लण्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने भन्ने समाचार के–कति मात्रामा सत्य हो ? निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के–कस्तो छलफल भएको हो ? त्यस कम्पनीले बैंक तथा वित्तीय संस्थाको लागि पनि बण्ड जारी गर्ने भन्ने समाचार कति मात्रामा सत्य हो, होइन, इन्स्योरेन्स कम्पनीहरूले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के–कति मात्रामा कस्तो छलफल अघि बढाइएको हो ?

कम्पनीको मुुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्रको मूल्यमा प्रभाव पार्ने संंवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारी गराउन नआउँदै के–कति कारणले यस्तो प्रचार गरिएको हो ? चैत तीन गतेको मितिले तीन कार्य दिनभित्र सो सम्बन्धमा स्पष्टीकरण दिनुहोला नेप्सेद्वारा जारी गरिएको पत्रमा भनिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया