Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र बोधि होल्डिङबीच सम्झौता

ग्लोबल आईएमई बैंक र बोधि होल्डिङबीच सम्झौता


काठमाडौं  ।
ग्लोबल आईएमई बैंक लिमिटेड र बोधि होल्डिङ प्राइभेट लिमिटेडबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकले बोधि होल्डिङ प्रालिले ओमसतिया ४, भैरहवा, रूपन्देहीमा निर्माण गर्ने आवासिय घर निर्माण परियोजनामार्फत घर तथा जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरूलाई सहजरूपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आईएमई बैंक, बोधि होल्डिङ प्रालिले निमार्ण गर्ने परियोजनाको बंैकिङ पार्टनरको रूपमा पनि रहने छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लभान्वित गर्दै आएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले देशभर ७५ जिल्लामा बैंकको दुुई सय ७० शाखा, दुुई सय ४२ एटीएम, दुुई सय ५५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया