Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार तीन दशमलव ५१ अंकले उकालो लाग्यो

सेयर बजार तीन दशमलव ५१ अंकले उकालो लाग्यो


काठमाडौं, पुस २५
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बजार परिसूचक तीन दशमलव ५१ अंकले उकालो लागेर १२ सय १३ दशमलव ११ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन शून्य दशमलव ९५ अंकले उकालो लागेर दुुई सय ६४ दशमलव २६ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७७ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार नौ हजार छ सय ५६ वटा कारोबारमा ३८ लाख ४९ हजार सात सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ८३ करोड ७० लाख ३५ हजार सात सय ५७ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सातवटा समूहको सूचक ओरालो लागेका छन् भने पाँचवटा समूहको सूचक उकालो लागेका छन् । सोमध्ये पनि वाणिज्य बैंक समूहको सूचक एक दशमलव ४२ अंकले ओरालो लागेर एक हजार ८५ दशमलव एक अंकमा झर्दा जलविद्युुत् समूहको सूचक एक दशमलव पाँच अंकले ओरालो लागेर नौ सय ५४ दशमलव ६४ अंकमा सीमित भएको छ । उत्पादनमूलक समूहको सूचक पनि १० दशमलव ५१ अंकले ओरालो लागेर २३ सय ९९ दशमलव ७६ अंकमा झरेकोमा अन्य समूहको सूचक पनि दुुई दशमलव ५६ अंकले ओरालो लागेर छ सय ५७ दशमलव ३२ अंकमा सीमित भएको छ । यीबाहेक होटल, फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः छ दशमलव ३९, शून्य दशमलव ३४ र शून्य दशमलव शून्य सात अंकले ओरालो लागेका छन् ।

विकास बैंक समूहको सूचक भने यसदिन छ दशमलव ७९ अंकले उकालो लागेर १६ सय ४७ दशमलव ४४ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ६३ अंकले उकालो लागेर १८ सय ६६ दशमलव ४१ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ९५ दशमलव ४१ अंंकले उकालो लागेर चार हजार सात सय चार दशमलव २९ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि १९ दशमलव १२ अंकले उकालो लागेर पाँच हजार नौ सय ६७ दशमलव ४४ अंकमा चढेको छ । यसैगरी टे«डिङ समूहको सूचक पनि चार दशमलव २५ अंकले उकालो लागेको छ ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको स्वामिभान लघुुवित्त वित्तीय संस्था सेयर मूल्य १० रूपैयाँले बढेर ११ सय ७७ रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको सर्पोेट माईक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ९८ पैसाले बढेर छ सय ८३ रूपैयाँमा कारोबार भएको छ । यीबाहेक समता माइक्रोफाइनान्स वित्तीय संस्था, विजय लघुुवित्त वित्तीय संस्था आदि परेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको रिलायन्स फाइनान्सको सेयर मूल्य पाँच रूपैयाँ ७३ पैसाले घटेर एक सय १५ रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मूल्य चार रूपैयाँ ८७ पैसाले घटेर सात हजार आठ सय रूपैयाँमा कारोबार भएको छ । यीबाहेक सेन्ट्रल फाइनान्स, माउन्टेन हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन सिभिल बैकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय रूपैयाँ अन्तिम मूल्यमा २० करोड १८ लाख ६६ हजार एक सय रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्रामीण विकास लघुुवित्त वित्तीय संस्थाको पनि प्रतिकित्ता तीन सय ६५ रूपैयाँ अन्तिम मूल्यमा दुुई करोड ३६ लाख २४ हजार १८ रूपैयाँको सेयर किनबेच भएको छ । यि बाकेक डिप्रोक्स लघुुवित्त वित्तीय संस्था, फष्र्ट माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्था आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन जनउत्थान सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको ५७ हजार छ सय कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया