Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल लघुवित्तले थप स्थानमा सेवा विस्तार गर्ने

सिभिल लघुवित्तले थप स्थानमा सेवा विस्तार गर्ने


काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप स्थानहरूमा सेवा विस्तार गर्ने घोषणा गरेको छ । सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको उक्त वित्तीय संस्थाको विहीबार काठमाडौंमा सम्पन्न नवौं वार्षिक साधारणसभामा उक्त जानकारी दिइएको हो । सिभिल लघुवित्तले अहिले ५५ वटा शाखा कार्यालयहरूमार्फत २९ जिल्लाहरूमा ४४ हजारभन्दा बढी सदस्यहरूलाई लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले करिब ५४ करोड ४८ लाख बचत संकलन गरी झण्डै दुई अर्ब चार करोड लगानी गरेकोे छ ।

नवौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू तथा लाभांश पारित गरेको छ भने सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्यलाई निर्विरोध निर्वाचित गरेको छ ।

प्रमुख अतिथिको रूपमा सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विगत केही वर्षयतादेखि आशालाग्दो तरिकाबाट व्यवसाय विस्तार गरेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिएका थिए । गाउँबस्तीमा रहेका विपन्न वर्गका घरदैलोमा पुगेर सेवा दिई गरिबलाई धनी बनाउने पुण्य कार्यमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए । संंस्थाका अध्यक्ष सचिनजङ रायमाझीकोे सभापतित्वमा भएको साधारणसभामा प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया