Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा


काठमाडौं, पुस २५
मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघु बैंकिङ कार्यालय, दमौलीमा सदस्य रहेकी मोहोनीमाया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याजबराबरको रकम मिनाहा र फिर्ता गरेको छ । बैंकले उक्त रकम स्व. थापा मगरको श्रीमान् श्रीभूपाल थापा मगरलाई बैंकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघु बैंकिङ प्रमुख ध्रुवराज घिमिरे, वडा सदस्य सुरबहादुर थापाले संयुक्तरूपमा भुक्तानी साँवा र ब्याजबापतको रकम ५४ हजार दुई सय ७८ रूपैयाँ र काजकिरीया खर्चबापत पाँच हजार रूपैयाँसमेत गरी कुुल ५९ हजार दुुई सय ७८ रूपैयाँ प्रदान गरेको हो । यसैगरी बैंकले तिर्न बाँकी रहेको कर्जा रकम दुुई लाख ११ हजार चार सय ४० रूपैयाँ समेत मिनाहा गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया