Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारब्रोकर नं. १४ को आफ्नै कार्यालय भवन उद्घाटन

ब्रोकर नं. १४ को आफ्नै कार्यालय भवन उद्घाटन


काठमाडौं ।
नेपाल स्टक हाउस (१४ नम्बर ब्रोकर) प्रालिले आफ्नै कार्यालय भवन उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच सेयर बजारको प्रतीक साँढेको प्रतिमा अनावरण र आफ्नै नवनिर्मित भवनको उद्घाटन गरेको हो । अहिलेसम्म सेयर बजारको प्रतीक मानिने साँढेको तस्बिर मात्र राख्ने ब्रोकरहरूको प्रचलनलाई तोड्दै नेपाल स्टक हाउस (ब्रोकर नं. १४)ले चार फिट लम्बाइ र तीन फिट चौडाइको साँढेको मूर्ति अनावरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना र नेपाल स्टक हाउसका प्रमुख ईश्वरीप्रसाद रिमालले एकैसाथ कार्यालय भवनको औपचारिक उद्घाटन र साँढेको मूर्ति अनावरण गरेको हुन् ।

अध्यक्ष ढुङ्गानाले यो एउटा उदाहरणीय थालनी भएको भन्दै लगानीकर्ताको विश्वास जितेर सेयर कारोबार बढाउनको लागि अन्य ब्रोकर कम्पनीहरूले पनि आफ्नै भवन निर्माण गर्नुपर्ने बताए । विज्ञान र प्रविधिले अहिलेको बजारमा धेरै सहजता ल्याएकोले आफूहरू अझ बढी प्रविधिमैत्री बन्दै जाने उनको भनाइ छ । उनले भने, ‘नेपाली बजारलाई अझ ठूलो र व्यापक बनाउन गैरआवासीय नेपालीहरूलाई समेत समेट्ने गरी अध्ययनकार्य भइरहेको छ ।’

कार्यक्रममा बोल्दै नेपाल स्टक हाउसका प्रमुख ईश्वरीप्रसाद रिमालले संस्था सञ्चालनको २७ वर्ष लामो यात्रामा नेपाली सेयर बजारले निकै ठूलो फड्को मारेको बताए । उनले भने, ‘२७ वर्षपहिले आफूले संस्था सुरु गर्दा नेपालमा हातमा गन्न मिल्ने व्यक्तिहरू मात्र सेयरबजारमा थिए, वर्षभरमा एक करोडको मात्र कारोबार हुने गरेको थियो ।’ अहिले भने दिनमै १० अर्बभन्दा बढी कारोबार हुनुले यस क्षेत्रको सुन्दर भविष्यको लक्षण देखाएको उनले बताए । कार्यक्रममा सेयरबजारसँग सम्बन्धित विभिन्न व्यक्तिहरूले शुभकामना सन्देश दिएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया