Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिर्जीवन बीमा व्यवसायी संघका साधारणसभा

निर्जीवन बीमा व्यवसायी संघका साधारणसभा


काठमाडौं ।
नेपालका निर्जीवन बीमा कम्पनीहरूको लगानीकर्ताहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघले यही चैत छ गते नयाँ बानेश्वरको होटल एभरेष्टमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा हाल बीमा क्षेत्रका नीतिगत समस्याहरू, नयाँ बीमा विधेयक, एक्च्युरीको अभाव, कोभिड–१९ लगायतका विभिन्न कारणहरूबाट उत्पन्न जोखिमहरू, पुनर्बीमा कम्पनीहरूको अवस्था, बीमा व्यवसायमा देखिएका विभिन्न कठिनाइहरूको गहिरो छलफल गर्नुका साथै यस क्षेत्रको विकासको लागि गर्नुपर्ने काम तथा संस्थाले लिनुपर्ने पहलकदमीका बारेमा छलफल गरी सुझावहरू दिएको संघले जनाएको छ ।

सभामा कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्लले संस्थाको प्रगति विवरण, कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले संस्थाको वित्तीय अवस्थाको बारेमा जानकारी गराई उक्त विवरणहरू पारित गरियो । यस संस्थामा बीमा कम्पनीहरूका अध्यक्ष वा सञ्चालकको प्रतिनिधित्व हुने व्यवस्था विधानले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया