Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम प्रदान

महालक्ष्मी लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम प्रदान


काठमाडौं ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुुद्धीकरणसम्बन्धी तालिम दिएको छ । सातै प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको कम्पनीले चैत छ गते शुक्रबार कोहलपुरमा सोसम्बन्धी तालिम सम्पन्न गरेको हो ।

कोहलपुरको होटल म्याक्समा सम्पन्न उक्त तालिम कार्यक्रममा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र साबिक राप्ति अञ्चलअन्तर्गतका २२ जना प्रमुखको सहभागिता रहेको थियो । आपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैंक र बीमाको माध्यमले शुद्धीकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरुत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यससम्बन्धी कानुनी व्यवस्था, शुद्धीकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रक्रियाबारेमा कम्पनीले तालिम प्रदान गरेको हो ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक श्रीमती सपना खरेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी उक्त तालिम प्रदान गरेका थिए । दुईदिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत्र पाँच गते कार्यालय प्रमुखहरूलाई नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया