Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह’ अफर

मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह’ अफर


काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले फागू पूर्णिमाको अवसरमा ‘होली सप्ताह’ अफर सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो अफरअन्तर्गत यही चैत छ गते अर्थात् शुुक्रबारदेखि चैत १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा एक सय रुपैयाँमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यही अफर समय अवधि (चैत्र ०६,२०७७ देखि चैत्र १३ गते, २०७७) भित्र दिनुपर्नेछ । साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङको सुविधा निःशुल्क लिन सक्नेछन् ।

यो होली सप्ताह अफरसँगै ग्राहकले चाहेमा निःशुल्क डिम्याट खाता पनि बैंकमार्फत खोल्न सक्नेछन् । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको जनाएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया