Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल माइक्रोफाइनान्सको सातौँ वार्षिक साधारणसभा

नेसनल माइक्रोफाइनान्सको सातौँ वार्षिक साधारणसभा


काठमाडौं ।
राष्ट्रियस्तरको नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०७१ आसार १८ गतेदेखि सञ्चालनमा आएको संस्थाले धादिङको क्रिक रिर्सोटमा बिहीबार आयोजना भएको साधारण सभाले आव २०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन पारित गरी सभा सम्पन्न भएको हो ।

सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारणसभाले अध्यक्षले पेश गरेको आव २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन पारित गरेको छ । सभामा सर्वसाधारण सेयरधनी तर्फबाट दुई जना सञ्चालकहरू निर्विरोध निर्वाचित भएका छन् ।

सभाले नयाँ सञ्चालकहरू क्रमशः नरेन्द्रप्रसाद छत्कुली र रामकुमार तिमल्सिनालाई निर्विरोध निर्वाचित गरेको हो । सभाले आव २०७६/७७को नाफाबाट सेयरधनीहरूलाई २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई समेत पारित गरेको छ । सभाले प्रस्ताव पारित गरेपछि संस्थाको चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजारबाट वृद्धि भई ३१ करोड ९४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

चालू आव २०७७/७८ को हालसम्म हिमाल, पहाड र तराईका गरी ६५ वटा शाखा कार्यालयहरूमार्फत संस्थाको पहुँच विस्तार गर्दै देशका सातै प्रदेशका ४७ वटा जिल्लामा सेवा प्रदान गरेको छ । संस्थाले एक लाख चार हजारभन्दा बढी विपन्न परिवारमा सेवा पु-याएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा सात अर्ब २५ करोड तथा बचत एक अर्ब ९५ करोडभन्दा बढी सदस्यहरूबाट संकलन गर्न सफल भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया