नबिल बैंकको ‘हिरोज अफ नेपाल’ बाट सेफ सन्तोष शाह सम्मानित

काठमाडौं ।
नबिल बैंकको ‘हिरोज अफ नेपाल’ बाट सेफ सन्तोष शाह सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरूलाई सम्मान गर्ने मञ्चको रूपमा बैंकले हिरोज अफ नेपालको आयोजना गर्न थालेको र हिरोज अफ नेपालको दोस्रो संस्करणमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौँको माया पाउन सफल सेफ शाहलाई सम्मान गरिएको बैंकले जानकारी दिएको छ ।
सेफ शाहले यूकेको मास्टर सेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरूलाई विश्वसामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शन गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका छन् । सेफ सन्तोष शाह, अनिल केशरी शाह र सुश्री अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, सेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमा बोल्नुका साथै उनको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गरे । यो कार्यक्रमबाट हामी प्रेरणादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएका छौं । उक्त कार्यक्रममा बैंकको उच्च व्यवस्थापन तहका अधिकारीहरूको समेत उपस्थिति थियो ।
बैंकले सेफ शाहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मान ग-यो । जसको अनुसरण गर्दै, नबिल बैंकले सेफ शाहको गृहनगरमा इ–पुस्तकालय निर्माण गर्र्ने र पाँच महिला विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने पनि प्रतिबद्धता जनाएको छ । बैंकले आगामी दिनहरूमा यो श्रृङ्खलालाई निरन्तरता दिने योजना बनाएको छ जसले युवाहरूलाई आफ्नो जीवनमा केही ठूलो काम गरिरहन उत्प्रेरित गरोस् ता कि हामी सबै उनीहरूको जीवनबाट प्रेरणा पाउन सकौँ, बैंकले भनेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया