एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०७८ को क्यालेन्डर सार्वजनिक

काठमाडौं ।
एभरेष्ट बैंकले नयाँ वर्ष २०७८ को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले पर्यटन विभाग, प्रर्दशनीमार्गमा आयोजित समारोहका बीचमा नयाँ वर्ष २०७८ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको हो । लामो समयदेखि बैंकले नेपालको संस्कृति र पर्यटनसम्बन्धी विभिन्न विषयवस्तुहरूलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।
सगरमाथाको १२ फरक मुहारहरू विषयवस्तु राखेर तयार पारिएको बैंकको क्यालेन्डर २०७८ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी, नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य तथा बैंकका ब्रान्ड फेस मिङमा डेभिड शेर्पाले संयुक्तरूपमा अनावरण गरेका छन् ।
सो कार्यक्रममा डा. सन्धीर कुमार नायव महाप्रबन्धक, एभरेष्ट बैंकलगायत पर्यटन विभाग तथा बैंकका अन्य उच्च अधिकारीहरू पनि सामेल थिए । सगरमाथाको नयाँ गौरवमय उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटरलाई मध्यजर गर्दै यसको चर्चा बढाउन बैंकले सगरमाथाको १२ फरक मुहारहरूजस्तो फरक विषयवस्तुलाई चित्रण गरेको हो जसले नेपालको माउन्टेन पर्यटनलाई अझ बढावा दिने विस्वास बैंकको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया