Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार माछापुच्छ्रे बैंक लि.ले एमबीएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकहरूले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर पाँच सयबराबरको कार्ड प्राप्त गर्न सक्नेछन् । उक्त कार्डमार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर पाँच सयबराबरको इकमर्स साइटमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । आफ्नो कार्डमार्फत ग्राहकले एकै पटक वा पटक–पटक गरी एक वर्षमा अमेरिकी डलर पाँच सयबराबरको कारोबार गर्न सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया