Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअमुवा बजारमा ज्योति विकास बैंकको क्यूआर कोड

अमुवा बजारमा ज्योति विकास बैंकको क्यूआर कोड


काठमाडौं ।
ज्योति विकास बैंकले बिहीबारबाट रूपन्देही जिल्लाको अमुवा बजार तथा बजारवरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ । अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० वटाभन्दा बढी क्यूआर कोड वितरण गरेको बैंकले जानकारी दिएको छ ।

आज आयोजित क्यूआर भुक्तानी प्रवर्द्धन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिङ प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजारवरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरूलाई क्यूआर कोड हस्तान्तरण गरिएको थियो ।

साथै कार्यक्रममा क्यूआरसम्बन्धी विभिन्न जानकारी समेत पनि प्रदान गरिएको थियो । क्यूआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइलबाट क्यूआर कोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिनेछ ।

क्यूआर कोड सेवाबाट आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने तथा सरल, सहज र सुरक्षित भुक्तानीलगायतका थुप्रै सुविधाहरू प्राप्त हुनेछ ।

बैंकले देशका विभिन्न स्थानहरूमा व्यवसायीहरूलाई प्रदान गरेको क्यूआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ साथै बैंकले डिजिटल बैंकिङलाई थप प्रवर्द्धन र देशभरि नै क्यूआर कोड वितरण गर्ने र विस्तारित बनाउने प्रतिबद्वता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया