Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र साबिकको तिनाउ मिसनको एकीकृत कारोबार सुरु

सिटिजन्स बैंक र साबिकको तिनाउ मिसनको एकीकृत कारोबार सुरु

एकीकृत कारोबारपछि कुल निक्षेप करिब एक खर्ब २७ अर्ब रुपैयाँ पुग्ने


काठमाडौं ।
सिटिजन्स बैंक र साबिकको तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु भएको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्टारकोे कार्यालयको स्वीकृतिपश्चात् प्राप्ति गरी यही चैत १४ गते शनिबारबाट दुवै बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका हुुन् । सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरू सहभागी भएको एक विशेष समारोहबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुुन् ।

२०७७ चैत्र १३ गतेसम्मको तथ्यांकको आधारमा बैंकले तिनाउ मिसनलाई प्राप्ति गरेपछि निक्षेप करिब एक खर्ब २७ अर्ब रुपैयाँ पुग्नेछ भने ऋण लगानी करिब एक खर्ब १३ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात् बैंकको कुल एक सय ६६ शाखा हुनेछ । सहमतिअनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले एक सय कित्ता सेयरबराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता सेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

उक्त कार्यक्रममा सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले यो प्राप्तिपश्चात् बैंकको वित्तीय सूचकांकहरू मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मदत पुग्ने विश्वास अभिव्यक्त गरे ।

प्राप्तिबाट तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरूले अझ बढी स्तरीय र परिस्कृत वित्तीय सेवाहरू प्राप्तिपछि बनेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको एक सय ६६ वटा शाखाहरूबाट प्राप्त गर्ने बताए । त्यसैगरी साबिकको तिनाउ मिसन डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्ष जीवनप्रसाद ओझाले तिनाउ मिसन डेभलपमेन्ट बैंकका ग्राहक, कर्मचारी र लगानीकर्ताहरूको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुने कुरा बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेले प्राप्तिपश्चात् बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव–संसाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने कुरा व्यक्त गरे । संयुक्त कारोबारको शुभारम्भ समारोहमा बोल्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मर्जरपश्चात् कर्मचारीहरूको उचित व्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरू सञ्चनलन गर्ने बताए ।

बंैकको बढ्दो व्यवसाय, शाखा, सञ्जाल तथा अन्य स्रोतहरूबाट सिर्जित हुनसक्ने जोखिमहरू अध्ययन गरी पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी सम्भावित हानिलाई न्यून गर्नको लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको व्यहोरा जाहेर गरे । बैंकले करिब साढे लाख ग्राहकवर्गलाई वित्तीय सेवा प्रदान गर्दै आएकोमा अबवाट करिब साढे नौ लाख ग्राहकवर्गलाई सेवा प्रदान गर्नेछ । यस प्राप्तिपश्चात् सिटिजन्सको लुम्बिनी प्रदेशमा उपस्थिति झन् दरिलो हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

विसं २०६४ वैशाख सात गते २०आंै वाणिज्य बैंकको रूपमा बैकिङ कारोबार सुरु गरेको सिटिजन्स बैंकले यस अगावै नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त संस्था पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्स लिमिटेडलाई प्राप्ति गरिसकेको छ ।

यसैगरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको) लाई प्राप्ति गरी २०७७ असार २० गते बाट एकीकृत कारोबार शुभारम्भ गरेको थियो भने ‘ग’ वर्गको इजाजत प्राप्त, विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्नेगरी २०७७ माघ २८ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।

एकीकृत कारोबार शुभारम्भ गरेको सुखद उपलक्ष्यमा बैंकले वित्तीय साक्षरताको अभिवृद्धि गर्ने अभिप्रायले जनचेतनामूलक श्रव्य दृश्य सामग्री पनि सार्वजनिक गरेको छ । बैंकले प्रदान गर्ने सम्पूर्ण सेवा सुविधालाई समेटेर निर्माण गरिएको श्रव्य दृश्य सामग्रीले आमजनलाई बैंकिङ सेवासँग चिरपरिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथसाथै डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया