Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकद्वारा बचत खातामा बीमादाबी भुक्तानी

एनएमबी बैंकद्वारा बचत खातामा बीमादाबी भुक्तानी


काठमाडौं ।
एनएमबी बैंकले बचत खातामा बीमा दाबी भुक्तानी गरेको छ । बैंकका अनुसार थापाथली शाखामा ‘एनएमबी सहारा बचत खाता’ खोली कारोबार गर्दै आएका निर्विकार अमात्यलाई स्वास्थ्य बीमाबापत बीमितले पाउने १० लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । बैंकका प्रदेश ३ प्रमुख गणेश पराजुली, एरिया म्यानेजर स्मृति भण्डारी र शाखा प्रमुख लजना तुलाधरले संयुक्तरूपमा आमत्यलाई स्वास्थ्य बीमाबापतको रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकको उक्त खाता योजनामा शून्य मौज्दातमै खाता खोल्न सकिने, नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम, दश लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरूमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले शिखर इन्स्योरेन्समार्फत उक्त भुक्तानी प्रदान गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पुहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, विस्तारित सेवा तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा पु-याउँदै आइरहेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया