Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

बैंक अफ काठमाण्डूको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु


काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि बीओके इकम यूएसडी प्रिपेड कार्ड सेवा सुरु गरेको छ । बैंकका अनुसार यो सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरूले प्रतिवर्षमा पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।

यो सेवा भारतबाहेक अन्य देशहरूको इ–कमर्स साइटहरूबाट एक पटक वा पटक पटक गरी पाँच सय अमोरिकी डलरसम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरूले नजिकको शाखामा आफ्नो प्यान कार्डसहित निवेदन उपलब्ध गराई यो सुविधा उपभोग गर्न सक्नेछन् । बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया