Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १२ सय १३ अंकमा

बजार परिसूचक १२ सय १३ अंकमा


काठमाडौं, पुस २७
यस साता सेयर बजार परिसूचक १२ सय १३ दशमलव ११ अंकमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ६४ दशमलव २६ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७४ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ५२ हजार एक सय ६९वटा कारोबारमा एक करोड ४६ लाख ८२ हजार तीन सय ९६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम चार अर्ब २२ करोड ५५ लाख ६४ हजार दुई सय ४१ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।

गत साता भने धितोपत्र बजारमा एक सय ७३ कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार ३३ हजार तीन सय ६७वटा कारोबारमा ७१ लाख ८४ हजार छ सय ३९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम दुई अर्ब एक करोड २० लाख ६५ हजार ५५ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन नेप्से बढेको थियो भने चौथो दिन बजार परिसूचक घटेको थियो ।

यस साता पहिलो दिन बजार परिसूचक १६ दशमलव नौ अंकले उकालो लागेर ११ सय ८२ दशमलव ३१ अंकमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५१ अंकले उकालो लागेर दुई सय ५५ दशमलव ६९ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक १८ दशमलव २६ अंकले उकालो लागेर १२ सय दशमलव ६९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९३ अंकले उकालो लागेर दुई सय ६० दशमलव ६७ अंकमा चढेको थियो ।

तेस्रो दिन पनि बजार परिसूचक उकालो लागेको थियो । उक्त दिन बजार परिसूचक १६ दशमलव २३ अंकले उकालो लागेर १२ सय १६ दशमलव ९२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १३ अंकले उकालो लागेर दुई सय ६४ दशमलव ८१ अंकमा चढेको थियो । चौंथो दिन भने बजार परिसूचक सात दशमलव ३२ अंकले ओरालो लागेर १२ सय नौ दशमलव ६० अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव पाँच अंकले ओरालो लागेर दुई सय ६३ दशमलव ३१ अंकमा झरेको थियो ।

अन्तिम कारोबार दिन भने बजार परिसूचक तीन दशमलव ५१ अंकले उकालो लागेर १२ सय १३ दशमलव ११ अंकमा चढेकोे थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९५ अंकले उकालोा लागेर दुई सय ६४ दशमलव २६ अंकमा चढेको थियो । यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सिभिल बैंकको संस्थापक सेयर आदि परेका छन् ।

यसैगरी सेयर कारोबार भएको संख्यामा आधारमा भने माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सुचीकरण तर्फ भने यस साता अपी पावर लिमिटेड, ग्लोवल आईएमई बैंक, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र जनउत्थान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सुचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया