मुर्गियामा गरिमा विकास बैंक
काठमाडौं, पुस २७
गरिमा विकास बैंकले रुपन्देहीको मुर्गियामा पनि शाखा विस्तार गरेको छ । देशभर वित्तीय पहुंच विस्तार गर्ने उदे्श्य अनुरुप उक्त स्थानमा शाखा विस्तार गरिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार उक्त शाखाको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गरेका हुन । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त क्षेत्रमा खोलिएको शाखाले सो क्षेत्रको वित्तीय पुँजी परिचालनको लागि महत्वपुर्ण योगदान दिने बताएका थिए ।
यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृ गोविन्द प्रशाद ढकालले बैंकले उक्त शाखाबाट आधुनिक सुबिधा सहित सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउने बताएका थिए । बैंकले हाल काठमाडौ उपत्यकाभित्र १०वटा शाखा सहित देशभर ९०वटा शाखा, ५१वटा एटीएम काउन्टर र १० हजार गरिमा रेमिटका एजेन्टमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले यही पुसको दोस्रो सातासम्म ३७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संंकलन गरी ३३ अर्ब २५ करोड रुपैयाँ कर्जा प्र्रवाह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया