Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजाररवि भवनमा मेट लाइफको नयाँ एजेन्सी कार्यालय

रवि भवनमा मेट लाइफको नयाँ एजेन्सी कार्यालय


काठमाडौं, पुस २७
मेटलाइफले यो साता प्रदेश नं. ३ अन्तर्गत काठमाडौंको रवि भवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो संचालन विस्तार गरेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा एक समारोहका बिच उक्त कार्यालयको समुद्घाटन गरेका हुन । यो थप नयाँ कार्यालयपछि मेटलाइफको नेपालमा कुल ३१ र काठमाडौंभित्र मात्रै १०वटा कार्यालयले पुग्ने भएको छ ।

यसरी भएको विस्तारले काठमाडौको कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ । यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया