Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजाररिलायन्स फाइनान्सले साढे पाँच करोड नगद लाभांश दिने

रिलायन्स फाइनान्सले साढे पाँच करोड नगद लाभांश दिने


काठमाडौं, पुस २७
रिलायन्स फाइनान्सले पाँच करोड ४७ लाख ६४ हजार दुई सय १४ रुपैयाँ ६७ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको खुद मुनाफाबाट कर सहित प्रति सेयर छ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरण सम्वन्धी सञ्चालक समितीको यही पुस २३ गते बसेको बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । फाइनान्सको ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया