Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारप्राइम कमर्सियल बैंकको साधारणसभा

प्राइम कमर्सियल बैंकको साधारणसभा


काठमाडौं, पुस २७
प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवर्द्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे शुक्रबार आफनो १२औँं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने र कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्दै कैलाश विकास बैंक लि.को १०० कित्ता सेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता सेयर स्वाप रेसियो कायम प्रस्ताव पारित गरेको छ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्तिपश्चात् शाखा संख्या एक सय ९९ हुनेछ । बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको संजाल विस्तार गर्दै आपना सेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंक प्रतिबद्ध रहेको जानकारी दिएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया