Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको ३५ प्रतिशत लाभांश पारित

एनएमबी बैंकको ३५ प्रतिशत लाभांश पारित


काठमाडौं, पुस २७
एनएमबी बैंकको लाभांश पारित भएको छ । बैंकको बिहीबार सम्पन्न भएको २४औँं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । वार्षिक साधारणसभाद्धारा पारित भएको कुल लाभांशमा २१ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर सहित १४ प्रतिशत नगद लाभांश रहेको छ । सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी तीन जना संस्थापकहरु निर्विरोध निर्वाचित गरेको छ । यसरी निर्वाचित हुनेहरुमा पवन कुमार गोल्यान, एफएमओको तर्फबाट निको पिल र कर्मचारी सञ्चय कोषको तर्फबाट संस्थापक सेयरधनी राजेन्द्र काफ्ले रहेका छन् ।

गत असोज ११ गतेबाट ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सञ्चालन गरेको एनएमबीको चुक्ता पुँजी हाल ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार छ सय रुपैयाँ रहेको छ । गत आवको खुद मुनाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड नौ लाख ८७ हजार रुपैयाँ पुगेको जानकारी बैंकले दिएको छ । हाल बैंकले एक सय ६३वटा शाखा, पाँचवटा एक्स्टेन्सन काउन्टर तथा एक सय २८वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया