Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा


काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोमबार काठमाडौँस्थित लैनचौर बैंकेटमा वार्षिक साधारणसभा सम्पन्न गरेको बैंकले जानकारी दिएको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ६० करोड ६६ लाख ४० हजार चार सय रुपैयाँमध्येबाट पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत अर्थात ६८ लाख ५९ हजार पाँच सय ८० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी बैंकले सोही वार्षिक साधारणसभामार्फत लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकले देशभर ९५ वटा शाखा कार्यालयहरू एवं ३१ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यासलाई पालना गरेको जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया