Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्स र आईएमई मोटर्सबीच सम्झौता

समृद्धि फाइनान्स र आईएमई मोटर्सबीच सम्झौता


काठमाडौं ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालि र समृद्धि फाइनान्सबीच सम्झौता भएको छ । आईएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरूले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरूलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरू लगानी गर्नेसम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको हो । यसैअनुरूप फाइनान्सको नीतिअनुसार ग्राहकहरूलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारीसाधन खरिद गर्नका लागि कम्तीमा खरिद मूल्यको ७० प्रतिशतसम्मको सहुलियतपूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

अब आईएमई मोटर्सको कमर्सियल गाडीहरू खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । प्रधान कार्यलय हेटौडा रहेको समृद्धि फाइनान्सको हेटौडासहित नारायणघाट, काठमाडौंको पुतलीसडक, बुटवल र पोखरमा शाखा कार्यलयहरू रहेका छन् ।

एलसीभी सेगमेन्टअन्तर्गत दोस्त मोडल पिकअप, कन्टेनर, रेफ्रिजिरेशन भ्यान, प्यासेन्जर भ्यानका सवारीसाधनहरू विभिन्न प्रयोजन जस्तैः दुध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ । रेमिट्यान्स व्यवसायबाट उदाएको आईएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आईएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया