Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २६ सय ७१ अंकमा

सेयर बजार परिसुचक २६ सय ७१ अंकमा

दुई दसमलव ८५ अंकले ओरालो लाग्दा सात अर्ब २६ करोडको सेयर खरिद बिक्री


काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको चौंथो कारोवार दिन आज बुुधबार बजार परिसुचक दुुई दसमलव अंकले ओरालो लागेर २६ सय ७१ दसमलव ६१ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव ६२ अंकले उकालो लागेर चार सय ७६ दसमलव ८० अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुुई सय १५ वटा कम्पनीहरुको कारोवार भएका छन् । जसबाट ७६ हजार पाँच सय ९१ पटकको कारोवारमा एक करोड ६९ लाख ९३ हजार पाँच सय एक कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट यसदिन सात अर्ब २६ करोड ६९ लाख ७२ हजार पाँच सय ७० रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये छ वटा उपसमुहको सुचक उकालो लागेका छन् भने बाँकीको ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन, लघुुबित्त, फाईनान्स र सामुुहिक लगानी कोष उपसमुहहरुको सुचक उकालो लागेका छन् भने जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक, अन्य र लगानी उपसमुहको सुचकहरु पनि ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया