एनसीसी बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र आगन्तुुक रिसोर्टबीच सम्झौता भएको छ । बैंक र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबीच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरूमा सम्झौता भएको हो । बैंक र रिसोर्टबीच एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङका ग्राहक र बैंकका कर्मचारीहरूलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरूमा विशेष छुट उपलब्ध गराउनेबारे सम्झौता भएको हो ।
रिसोर्टले फूड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौनाजा कुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका सातवटै प्रदेशमा गरी कुल एक सय २८ शाखा सञ्चालनमा रहेका छन् भने आठवटा एक्स्टेन्सन काउन्टर सञ्चालित छन् । यस्तै देशभर जम्मा एक सय सातवटा एटीएम सञ्चालन गरी बैंकले आफ्ना ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- बैंकस्तरीय कारोबार रकममा गिरावट
- १२.४९ प्रतिशतले बढ्यो व्यापारघाटा ११ खर्बको, आयात हुँदा ९० अर्बको निर्यात व्यापार
- राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते
- मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी
- आवश्यकताका आधारमा आयोजना छनोट गर्न निर्देशन
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया