नबिल बैंकद्वारा धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं ।
नबिल बैंकले काठमाडौँ धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । बैंकका अनुसार मंगलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् ।
अब धुम्बराही तरकारी तथा फलफूल केन्द्रमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरूर धुम्बराही तरकारी तथा फलफूल केन्द्रका कार्यकारी सदस्यहरू एवं बिक्री केन्द्रका व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले विभिन्न तरकारी तथा फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि एउटा तरकारी पसलमा तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए । नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरू यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन् । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।
अहिले बैंकको साथमा देशभर तीनहजारभन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरू रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन् । कार्यक्रममा कार्यकारी निर्देशक कँडेलले भने, ‘विगतका दिनहरूमा भुक्तानीका लागि क्यूआर कोडहरूको प्रयोग बजारमा उल्लेखनीयरूपमा वृद्धि भएको छ । यसको लागि नबिल बैंकजस्तो वित्तीय संस्थाले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि सक्षमपार्न डिजिटल भुक्तानी सक्षमगर्न सक्रिय भूमिका खेलिहेका छन् ।’
यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता बिस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताए । उनले भने, ‘नबिल क्यूआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो, जसलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदानकोरूपमा लिन सकिन्छ । क्यूआरमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यको साथ, नबिल बैंकले देशभर क्यूआर भुक्तान सेवाको पहुँच विस्तार गर्न एक मिसन सुरु गरेको छ।’ नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । नयाँ प्रविधि अपनाउने र नवीन प्रोडक्टका साथै सेवाहरू सुरु गर्ने काममा नबिल सधैँ नै अगाडि रहेको छ ।
बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरूलाई डिजिटलमार्फत सेवा पु-याइरहेको छ । बैंकले ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न डिजिटल मार्गहरूको अन्वेषण गर्दैछ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टच पोइन्टहरू र आन्तरिक प्रक्रियाहरू क्रमिकरूपमा अगाडि बढाएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया