Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबीका ग्राहकहरूलाई एएसजी अँँखा अस्पतालमा छुट

एनएमबीका ग्राहकहरूलाई एएसजी अँँखा अस्पतालमा छुट


काठमाडौं ।
एनएमबीका ग्राहकहरूले एएसजी आँखा अस्पतालमा छुट पाउनेछन् । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई एएसजी आँखा अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरूमा १० प्रतिशतसम्म छुट दिने विषयमा द्विपक्षीय सम्झौता गरेको हो । उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्यूआर कोडमध्ये कुनै पनि माध्यमबाट ग्राहकहरू तथा कर्मचारीहरूले भुक्तानी गर्दा सर्जरीमा र आँखासम्बन्धी कुनै पनि सामानको खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

समझदारीपत्रमा एनएमबी बैंक र एएसजीका तर्फबाट आधिकारिक व्यक्तित्वहरूले हस्ताक्षर गरेका हुुन् । बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया