Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसन नेपालको अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम

सन नेपालको अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम


काठमाडौं, पुस २८
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यही पुुस २१ गते बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए । सो अवसरमा स्थानीय पर्यटकीयस्थलको प्रवद्र्धन गरी ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन समेत सबैलाई आग्रह गरिएको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया