Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्पर्श लघुवित्तको तेस्रो वार्षिक साधारणसभा

स्पर्श लघुवित्तको तेस्रो वार्षिक साधारणसभा


काठमाडौं, पुस २८
स्पर्श लघुवित्त वित्तीय संस्था विजयपुर कास्कीले तेस्रो वार्षिक साधारणसभा पोखरामा आइतबार सम्पन्न गरेको छ । सभाले १३ दशमलव ६८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाको अध्यक्षतामा भएको साधारणसभामा संस्थाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/०७७ को लागि लेखा परीक्षक नियुक्ति एवं सञ्चालक समितिले प्रस्ताव गरेअनुसारको बोनस सेयरको करबापतको नगद रकम पाँच लाख ६७ हजार छ सय ४२ रूपैयाँ नगद लाभांश वितरणको लागि स्वीकृति दिने प्रस्ताहरूमाथि छलफल गरी निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

सञ्चालक समितिले प्रस्ताव गरेअनुरूप चुक्ता पुँजी आठ करोड २९ लाख ६३ हजारको १३ प्रतिशतले हुन आउने एक करोड सात लाख ८५ हजार एक सय ९० रूपैयाँ बोनस सेयर वितरण गरेपश्चात् संस्थाको कुल चुक्ता पुँजी वृद्धि गरी नौ करोड ३७ लाख ४८ हजार एक सय ९० पु-याएको बताइएको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्वको लागि निर्विरोध निर्वाचित सञ्चालकहरू नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन भएको निर्वाचन अधिकृत अधिवक्ता खगेन्द्रराज घिमिरेले घोषणा गरे । संस्थाले एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थालाई गाभ्ने तथा गाभिने वा प्राप्ति गर्ने वा प्राप्ति हुनेलगायतका सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

साथै सोपश्चात् हुन आउने पँुजीको एकबराबर एकको अनुुपातमा हकप्रद सेयर जारी गरी चुक्ता पुँजीमा वृद्धि गरी संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था बनाउनको लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताइएको छ । साधारणसभाको सञ्चालन वित्तीय संस्थाका सहायक प्रबन्धक सुदिप आर्चायले गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया