Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनयाँ वर्षमा एनसेलको डबल योजना

नयाँ वर्षमा एनसेलको डबल योजना


काठमाडौं ।
यस नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यस आकर्षक डेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उही शुल्कमा डबल डेटा भोलुम पाउनेछन् भने हरेक ५० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्नेछन् ।

कम्पनीका अनुसार यो योजनाअन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागू हुनेछ । यो आकर्षक योजना चैत्र ३१ गते मंगलबारदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ । डबल डेटा योजनाअन्तर्गत ग्राहकले ३० दिनदेखि एक दिनसम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन् ।

यस योजनाअन्तर्गत ग्राहकले चार सय ९९ रुपैयाँमा ३० दिन समयसीमा रहेको १० जीबी डेटा प्याकको खरिदमा थप १० जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन् । बोनस डेटा पनि ३० दिनको लागि मान्य रहनेछ । त्यस्तै एक सय ३९ रुपैयाँमा १४ दिन समयसीमा रहेको दुई जीबी डेटा प्याकको खरिदमा ग्राहकले चार जीबी डेटा भोलुमको फाइदा लिन पाउनेछन् ।

त्यस्तै तीन दिन समयसीमा रहेको चार सय एमबी डेटा प्याक र एक दिनको समयसीमा रहेको एक सय ५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोलुम योजनाअन्तर्गत ग्राहकले ४२ रुपैयाँमा आठ सय एमबी डेटा भोलुम तथा १८ रुपैयाँमा तीन सय एमबी डेटाको फाइदा लिन सक्छन् । एक दिनको समयसीमा रहेको एक सय ५० एमबी डेटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजनाअन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ । यसका साथै डेटा सापटी सेवाअन्तर्गत ४० रुपैयाँमा तीन सय एमबी डेटा खरिद गर्दा यो योजनामा ग्राहकले उही शुल्कमा छ सय एमबी डेटाको मजा लिन सक्छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया