Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेट लाइफ नेपालका ग्राहकले अब बीमादाबी अनलाइनबाटै गर्नसक्ने

मेट लाइफ नेपालका ग्राहकले अब बीमादाबी अनलाइनबाटै गर्नसक्ने


काठमाडौं ।
मेटलाइफ नेपालले यसै साता आफ्नो अनलाइन दाबी इन्टिमेसन सेवा सूचारु गरेको छ । कम्पनीका अनुसार यसबाट ग्राहकहरूले आवश्यक कागजातसहित बीमादाबीहरू अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेस गर्न सक्नेछन् । यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरू प्राप्त हुनासाथ मेटलाइफको दाबी टोलीले तुरून्त दावी प्रक्रिया सुरु गर्नेछ । ग्राहकले अनलाइन दाबी प्रक्रिया पूरा गर्न सरल चरणबद्ध निर्देशनहरू अनुसरण गर्न सक्दछन् ।

अनलाइन बीमा दरखास्त, प्रीमियम भुक्तान, र केवाईसी अपडेटका साथै नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको मेटलाइफ नेपालले अनलाइन बीमा दाबी गर्न सकिने यो नयाँ पहल कम्पनीको सेवालाई ग्राहकहरूमाझ सरलीकृत तथा डिजिटल सेवा प्रदान गर्न चालेको अनेकन कदमहरूको एक अंश हो ।

मेटलाइफ नेपालका उपनिर्देशक तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भन्छन्, ‘हामी बुझ्छौँ कि बीमादाबी ग्राहकको जीवनको पीडादायक समयमा ध्यान केन्द्रित गर्ने असहज परिस्थिति हो, त्यसैले हामीले हाम्रो बीमादाबी प्रक्रियालाई सरल र सीधा बनाउने प्रयास गरेका छौँ । ग्राहक केन्द्रित कम्पनीको रूपमा स्थापित हामी हाम्रा ग्राहकहरूका लागि डिजिटल अनुभवहरूको निरन्तर सुधारतर्फ अग्रसर रहिरहने छौँ । जसबाट वहाँहरूले हाम्रा कार्यालयहरूमा भौतिकरूपमा उपस्थित नभई नै हाम्रा सम्पूर्ण सेवाहरू सहजरूपमा प्राप्त गर्न सक्नेछन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया