Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा

बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा

सातामा २३ अर्ब ३९ करोड रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २७ सय ३५ दशमलव ४६ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ९२ दशमलव ४४ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय १८ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार दुुई लाख ५२ हजार सात सय ९० पटकको कारोबारमा चार करोड ७५ लाख ३३ हजार सात सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २३ अर्ब ३९ करोड छ लाख ४७ हजार सात सय नौ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै कम हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय १५ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ९३ हजार ४३ पटकको कारोबारमा आठ करोड एक लाख पाँच हजार तीन सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३७ अर्ब ६० करोड ५० लाख तीन हजार सात सय दुई रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष तीन कार्य दिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो र चौथो दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो भने बाँकी दिनहरूमा सेयर बजार परिसूचक उकालो लागेको थियो ।

कारोबार खुलेका दिनहरूमध्ये दोस्रो दिन बजार परिसूचक १७ दशमलव दुुई अंकले उकालो लागेर २६ सय ९१ दशमलव पाँच सय ५५ बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७८ बिन्दुले उकालो लागेर चार सय ८० दशमलव २९ बिन्दुमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक २३ दशमलव २३ अंकले उकालो लागेर दुुई हजार सात सय १४ दशमलव ७९ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९९ अंकले उकालो लागेर चार सय ८६ दशमलव २८ बिन्दुमा चढेको थियो । चौथो दिन सार्वजनिक बिदा परेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक २० दशमलव ६७ अंकले उकालो लागेर दुई हजार सात सय ३५ दशमलव ४६ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १७ अंकले उकालो लागेर चार सय ९२ दशमलव ४४ बिन्दुमा चढेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल बंगलादेश बैंक आदिको बढी रकम कारोबार भएको छ । सेयर कारोबार भएको संख्याको आधारमा भने यस साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेशनल हाइड्रोपावर कम्पनी अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंकलगायतका कम्पनीहरू परेका छन् ।

नेप्सेका अनुसार यस साता सिभिल बैंकको आठ प्रतिशतको अनुपातमा ६४ लाख दुई हजार सात सय ११ दशमलव ७४ कित्ता बोनस सेययर सूचीकृत भएको छ भने आठ दशमलव पाँच प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४ र मञ्जुश्री फाइनान्सको नौ दशमलव पाँच प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड डिवेञ्चर २०८५ नियमित कारोबारका लागि सूचीकृत भएका छन् । यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि १३ प्रतिशतको अनुपातमा ३९ लाख २१ हजार दुुई सय ४१ दशमलव ६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया