Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा

अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा


काठमाडौं ।
अजोड इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले मंगलबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । साधारणसभामार्फत कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आव २०७६/७७ को तेस्रो वार्षिक प्रतिवेदनउपर छलफल गरी त्यसलाई पारित गरेको छ । कम्पनीले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालयलगायत सातवटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरू, १० बीमा काउन्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बाबजुद कम्पनीले आव २०७६/०७७ मा कुल बीमाशुल्क ८८ करोड ४३ लाख १७ हजार दुई सय १८ रुपैयाँ संकलन गरी चार करोड ५६ लाख ३४ हजार छ सय ७१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

कम्पनीको बीमा कोषमा छ करोड २३ लाख ७२ हजार छ सय ५२ रुपैयाँ सञ्चित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा एक सय १३ दशमलव १३ प्रतिशत र खुद नाफामा दुई सय ४७ दशमलव ३९ र एवं बीमाकोषमा एक सय चार दशमलव आठ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया