Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको लाभांश पारित

कृषि विकास बैंकको लाभांश पारित


काठमाडौं, पुस २८
कृषि विकास बैंकको लाभांश पारित भएको छ । बैंकको आइतबार सम्पन्न भएको १३औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको २४ (करसहित) प्रतिशत नगद लाभांश र छ प्रतिशत बोनस सेयर वितरण गर्नेे प्रस्ताव पारित गरेको हो । बैकले आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आइतबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । बृहत् कार्यसञ्जालद्वारा आफ्ना वस्तु तथा सेवाहरूलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरूमा दुई सय ७४ वटा शाखाहरूबाट आधुनिक बैकिङ सेवा पु-याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी अधिकृत पुँजी भएको बैंकको १३औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैंकको करिब दुुई लाख ५७ हजारको संख्यामा रहेका सेयरधनीहरूलाई उक्त साधारणसभाले उत्साहजनक प्रतिफल वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ । साथै सभामा वक्ताको रूपमा भाग लिएका सेयरधनीहरूले उठाएका जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष क्षेत्रबहादुर सेजुवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले स्पष्ट पार्नुका साथै सेयरधनीहरूबाट प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरे । सेयरधनीहरूको बाक्लो उपस्थिति रहेको उक्त साधारणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरू र बैंक सञ्चालक समितिका सदस्यहरू झक्कप्रसाद आचार्य, रघुराम विष्ट, सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुराँगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिति रहेको थियो । सभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया