Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता

मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता


काठमाडौँ ।
मेगा बैंक नेपाल लिमिटेडले र भोटबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघबीच सम्झौता भएको छ । बैंकले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरूलाई व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले भोटबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका छन् ।

मेगाले भोटेबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघसँग आबद्ध उद्यमीहरूलाई आफ्नो ब्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । साथै, बैंकले उद्यमीहरूलाई बैंकको सम्पूर्ण सुविधाहरूका साथै क्यूआर कोड पनि वितरण गर्नेछ, जसबाट बैंकिङ कारोबार गर्न सहज र सरल हुने बैंकको विश्वासरहेको छ ।

मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भोटेबहाल बजारका उद्यमीहरूलाई बैंकको नजिकैको शाखा कार्यालयहरूमार्फत छिटो छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, संघका वरिष्ठ उपाध्यक्ष रेग्मीले मेगाले विनाधितो सहुलियपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले मेगासँग सहकार्य गरेको बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया