डिप्रोक्स लघुवित्तको रक्तदान
ललितपुर, पुस २९
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १९औं स्थापना दिवसको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रीय कार्यालय भरतपुर चितवनमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रमको अध्यक्षमा निमित्त प्रमुख कार्यकारी अधिकृत हेमकुमार काफ्ले र प्रमुख अतिथिमा भरतपुर महानगरपालिका १० का वडा अध्यक्ष अरुणपीडित भण्डारी रहेका थिए । कार्यक्रममा मुख्य प्रबन्धक हरिप्रसाद आर्चायले स्वागत मन्तव्य दिएका थिए भने कार्याक्रम सञ्चालन प्रबन्धक बुद्धिराज घिमिरेले गरेका थिए ।
रक्तदान कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालयका कर्मचारीहरु, चितवन र नवलपरासी शाखा कार्यालयका कर्मचारीहरु तथा विभिन्न टोलसुधार समिति, संघसंस्था र व्यक्तिगतरुपमा उल्लेख्य व्यक्तिहरुको सहभागिता रहेको थियो । रक्तदान जीवनदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । साथै संस्थाको स्थापना दिवसकै उपलक्ष्यमा कर्मचारीहरुमध्ये २०७५ सालको एसईई मा उत्कृष्ट अंक ल्याउने दुई/दुई जना छोराछोरीहरूलाई नगद पुरस्कार तथा प्रशंशापत्र वितरण गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया