Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारीमा पौडेल नियुक्त

युनाइटेड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारीमा पौडेल नियुक्त


काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागि उपासना पौैडेललाई नियुक्त गरेको । उनको नियुक्तिसँगै उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छिन् भने अर्कोतर्फ हालसम्मकै कम उमेर अर्थात् ३४ वर्षको उमेरमा उक्त पदमा बहाल हुन सफल भएको कम्पनीले जानकारी दिएको छ ।

विगत एक दशकभन्दा बढी कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबीएसम्मको अध्ययन पूरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुुन् । उनी युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्दै आएकी थिइन् । उनको कार्यसम्पादनप्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिमवर्कलाई विशेष महत्व दिने कम्पनीको भनाइ छ । उनकोे आगमनसँगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा उनको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्तिसँगै थप उचाइमा पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया