Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमिथिला लघुवित्तको तेस्रो त्रैमासिक नाफा पाँच करोड ११ लाख

मिथिला लघुवित्तको तेस्रो त्रैमासिक नाफा पाँच करोड ११ लाख


काठमाडौं ।
मिथिला लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ११ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ६० लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ४५ करोड १५ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६२ करोड २० लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ४६ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४४ लाख ६९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९१ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ३४ करोड २५ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १९ करोड १६ लाख ३५ हजार रुपैयाँ कर्र्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६० लाख ५८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ४२ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया