Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकोभिड १९ प्रभावितलाई मेट लाइफले तीन दिनमा नै बीमा भुक्तानी दिने

कोभिड १९ प्रभावितलाई मेट लाइफले तीन दिनमा नै बीमा भुक्तानी दिने


काठमाडौं ।
कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरूको सहयोगार्थ मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको सुरुवात गरेको छ । यसअन्तर्गत कोभिड–१९ का कारण भएको मृत्युदाबीमा तीन कार्यदिनभित्रै द्रूतमार्गी बीमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसअन्तर्गत दाबीकर्तालाई बीमा दाबीका लागि आवश्यक कागजातहरू अनलाइन नै पेस गर्नसक्ने सुविधा दिइएको छ भने लाभार्थीले दाबी भुक्तानी तीन कार्यदिनभित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अधिक जानकारीका लागि सरल चरणबद्ध निर्देशनहरूको अनुसरण गर्न सक्नेछन् ।

ू्रतमार्गी दाबीका साथै, यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरूका लागि तीनवटा निदान केन्द्रहरूसँग घरमै आई पीसीआर परीक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको छ भने डाँफे केयरमार्फत कोभिड संक्रमित ग्राहक र उनीहरूमा आश्रित परिवारजनहरूको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ ।

१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरूद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरूलाई आवश्यक औषधि सहयोग समावेश छ । यस सुविधाका लागि ग्राहकले केवल ०१–५९७०१६६ मा डायल गरी कल सेन्टरमा सम्पर्क वा इमेल गर्न सकिने कम्पनीले जनाएको छ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन्, ‘अधिकांश नेपालीहरूका लागि अहिले अत्यन्त कठिन तथा अनिश्चित समय हो । जनमानसलाई विश्वासिलो भविष्य निर्माणका लागि मदत गर्न हामीले आफ्नो जिम्मेवारीहरू गम्भीरताका साथ लिएका छौँ र आशा राखेका छौँ कि यस कोभिड केयर सहायता कार्यक्रमद्वारा हाम्रा ग्राहकहरूलाई कोभिड–१९ बाट उत्पन्न चुनौतीहरूको सामना गर्न केही मात्रामा भए पनि मनशान्ति तथा सुरक्षण प्रत्याभूति प्राप्त हुनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया